काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्ने बताएका छन् ।शनिवार पार्टीको सिन्धुली–काठमाडौँ सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति अर्यालले आफ्नो पार्टी सभापतिको नाम लिँदै देश बनाउनका लागि एउटा रवि लामिछानेले मात्रै नसक्ने बताएका हुन ।

उनले देशलाई परिवर्तन गरी समृद्ध बनाउनका लागि हरेक वडामा रविहरूलाई जन्माउनुपर्ने बताए। उनले देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरू जन्माउनुपर्ने र आफूहरू त्यही अभियानमा लागेको बताए ।

advertisement

उनले रवि बन्नका लागि आचारसंहिताको पालना गर्नुपर्ने भन्दै सबैलाई आचारसंहिता पालना गरी संगठन निर्माणमा लाग्न आग्रह गरे । उपसभापति अर्यालले आफूहरू पार्टी स्थापना गर्दाको सङ्कल्पबाट विचलित नभएको भन्दै पार्टी स्थापनाको उद्देश्यमा कायम रहेको बताए। उनले भ्रष्टाचार गर्नेलाई रास्वपामा कुनै ठाउँ नभएको स्पष्ट पारे । उनले रास्वपामा परिवारवाद पनि लागू नहुने भन्दै अन्य पार्टीहरु भन्दा धेरै कुरामा रास्वपा फरक भएको बताए ।

प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com