काठमाडौं । पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ बक्सअफिसमा नराम्ररी पछारिएको छ। जुन असफलताले पलको करिअरमा पनि धक्का पुर्‍याएको छ।

‘रावायण’ प्रदर्शनअगावै निकै चर्चामा थियो। नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएर कारागारमुक्त भएका पल हिट कमब्याकको खोजीमा थिए। कतिपयले त यस फिल्मबाट पलका दिन सुरु भएको भन्न पनि भ्याएका थिए। तर, त्यसो हुन सकेन। व्यावसायिक र समीक्षात्मक हिसाबले फिल्म फ्लप हुँदा पललाई ठूलो झट्का लागेको छ।

advertisement

यस फिल्मपछि पलले सम्झौता गरिसकेका फिल्मबाट समेत हटाइएको छ। केही समयअघि पलसहित बेनिशा हमालको मुख्य भूमिकामा फिल्म ‘कल्ली’ घोषणा गरिएको थियो। तर, अब यस फिल्मबाट पललाई हटाएर सौगात मल्ललाई लिइएको छ।

‘कल्ली’का निर्देशक लक्ष्मण सुनारले पल हटाइएको कुरा स्वीकार गरे पनि कारण भने खोलेनन्।

 

प्रकाशित मिति: २ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com