दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा उनले भ्रष्टाचार गरेको दावी गरे ।

‘गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन्, ‘पोखरेलले भने, ‘विना लगानी शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन् । बिना लगानी शेयर लिनु भनेको भ्रष्टाचार  गर्नु हो ।’ सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए ।

advertisement

सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी भएको भन्दै भन्दै महासचिव पोखरेलले रवि लामिछानेले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको दाबी गरे ।

‘सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैर कानूनी हो, उनले भने,’रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेका छन् ।’

प्रकाशित मिति: ५ आश्विन २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com