काठमाडौँ । काठमाडौँको ठमेलबाट ६३ जनालाई प्रहरीले गुण्डागर्दी गरेको आरोपमा पक्राउ गरेको छ। प्रहरी वृत लैनचौर सोह्रखुट्टेले ठमेलस्थित एउटा रेस्टुरेन्टबाट आइतवार राति ती ६३ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार राति रेस्टुरेन्टमा होहल्ला गर्ने, गुण्डागर्दी गर्नेहरुलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सोनाम गुरुङ, विनोद रावल, निराजन डाँगी, राजन गिरी, विकास सिजापती, सेकेन्धर सुनार, ऋषि योगी, दिनेश विष्ट, सुशान्त भुल, विमल मगर, सुमन क्षेत्री, सम्राज परियार, सरोज थापामगर, प्रज्वल बस्नेत, आकाश सुनार, सरोज नेपाली, निराजन गिरी, विश्व श्रेष्ठ, पङ्कज गुरुङ र माधव खतिवडा छन्।

advertisement

यसैगरी पुष्प खत्री, विनोद रावल, सेक्सपियर थापा, परम बडुवाल, सुनिल भण्डारी, गौरव कठायत, कमलसिंह ठकुरी, दीपेन्द्र बोहोरा, सन्तोष राई, श्रवन राई, निरज गुरुङ, धनबहादुर शाही, बालकृष्ण मगर, आनन्द श्रेष्ठ, सुमन लामा, धिरज माझी, निरण लामा, निरज भुजेल, सन्जय श्रेष्ठ, मन्जिन खनाल, प्रतीक महत र विकास महर्जनसहित ६३ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकामाथि छानबिन शुरु भएकाले मुद्दा चलाउने नचलाउनेबारे तय हुने लैनचौर प्रहरी वृत्तले जनाएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com