काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कसैले चिच्याउँदैमा जनताको रगतसँग साटिएको उपलब्धी नखोसिने बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेता रवीन्द्र मिश्रबीच भएको भेटप्रति टिप्पणी गर्दै उनले लेखेका छन्, ‘वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा– बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याँउ गरिहाल्छ रे! प्रचण्ड र रवीन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो।

advertisement

तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखी जान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याँउ’ गरेकै हो! किनकि प्रचण्डको वास्तविकता त्यही हो।

यसको अर्थ हो–गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो। केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसंग साँटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन्! खोस्न दिनु हुँदैन!’

प्रकाशित मिति: ९ आश्विन २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com