काठमाडौं । काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको कारमा आगलागी भएको छ। सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले जानकारी दिए। प्रसनि मण्डलका अनुसार तार सर्ट भएर कारमा आगलागी भएको हो।

advertisement

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको छ।

प्रकाशित मिति: ५ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com