काठमाडौं । संसदीय छानबिन समितिको निर्देशनअनुसार रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान भइरहेको सन्दर्भमा भीड जम्मा गरेर न्यायिक प्रक्रिया अवरुद्ध गर्ने प्रयास भइरहेको भन्दै सत्तापक्षले आलोचना गरेको छ।

बुधबार बालुवाटारमा भएको सत्तापक्षको बैठकले यस्तो निष्कर्ष निकालेको हो। एमाले महासचिव शङ्कर पोखरेलले रास्वपाको गतिविधिले लोकतन्त्रलाई खतरा पुर्याइरहेको बताएका छन्।

advertisement

उनले भने, “छानबिन प्रक्रिया जारी रहँदा सडकमा भीड जम्मा गरेर अदालत र छानबिनलाई प्रभावित गर्ने प्रयास स्वीकार्य हुँदैन। यो लोकतान्त्रिक दृष्टिकोणसँग मेल खाँदैन। फौजदारी मुद्दामा छानबिन भइरहेको बेला सडकबाट प्रक्रियामा हस्तक्षेप गर्नु उचित होइन।”

पोखरेलले अदालती प्रक्रियामा अवरोध नपुर्‍याउन पनि अपील गरे।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com