काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाइ नारायणी नदीमा दाह संस्कार गरिएको घटनामा गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादव र एसपी भावेश रिमाललाई केन्द्रमा तानेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले रवि लामिछानेको पक्राउको विरोधमा प्रधानमन्त्री ओलीको पुतला जलाएका थिए। उक्त घटना रोक्न असफल भएको आरोपमा सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो।

advertisement

नयाँ सीडीओको रूपमा प्रकाश पौडेललाई नियुक्त गरिएको छ। त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवनका एसपी रिमाललाई पनि तानेको छ। रिमालको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com