खोटाङ । अमेरिका गएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म कार्यालय नफर्केपछि स्थानीयवासीहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।

कटवालको अनुपस्थितिका कारण मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सर्वपक्षीय समितिले समस्या समाधान गर्न माग गर्दै यो कदम उठाएको हो।

advertisement

गत साउन २१ गते गठन गरिएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अल्टिमेटम दिएको थियो। तर उनले नफर्केपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको भट्टराईले बताए। यस घटनाबारे जिल्ला निर्वाचन आयोग, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको पनि उनले उल्लेख गरे।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट निर्वाचित हुन्।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com