काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङद्वारा नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिट ‘हेर्न नमिल्ने’मा परेको छ।

बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेश गरिएको यस रिटमा केही समय छलफल भए पनि अन्ततः ‘हेर्न नमिल्ने’मा राखिएको हो। अब यस मुद्दाको अर्को सुनुवाई आइतबार हुनेछ।

advertisement

यस रिटलाई अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्च अदालतमा दर्ता गराएका थिए। उनले यसमा गुरुङ र एमाले पार्टी कार्यालयलाई विपक्षीको रूपमा राखेका छन्। अधिवक्ताले रिटमा उल्लेख गरेका छन्, -‘ भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत रुपमा स्वामित्वमा लिने व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनी रुपमा अस्वीकृत छ।’

गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई १० रोपनी १४ आना जग्गा दान गर्ने घोषणा गरेका थिए। यस अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्याससमेत गरेका थिए।

प्रकाशित मिति: ८ कार्तिक २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com