काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक व्यक्तिले राजनीति सुधार्न नसक्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । एक क्षेत्रमा लोकप्रिय भएको व्यक्ति अन्य क्षेत्रमा पनि हुन्छ भन्ने नहुने उनको भनाइ छ ।

advertisement

अखिल नेपाल महिला संघ काठमाडौं जिल्ला कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘लोकप्रियताको राजनीतिले अहिलेको समस्या समाधान गर्न सक्दैन तर, काठमाडौंको चुनावको परिणामले कुनै एउटा विधामा चर्चामा रह्यो भने राजनीति सफल भइन्छ भन्ने कुराका मान्यता अगाडि आयो ।’

यसअघि उनले भने, ‘र्‍याप गाउँदागाउँदै मेयर भए भनेपछि राजनीति त एउटा क्षेत्रमा लोकप्रिय भए पुग्यो । समाजमा कुनै एउटा क्षेत्रमा लोकप्रिय व्यक्ति राजनीतिमा आउनुपर्छ भन्ने परेको छ । विचारको आधारमा होइन, लोकप्रियताको कसीमा राजनीति चल्छ, कुनै एजेण्डा चाहिँदैन ।’

आजकाल कसैको विरोध गर्ने व्यक्ति लोकप्रिय हुने प्रवृति रहेको उनको भनाइ छ ।

 

 

प्रकाशित मिति: ९ कार्तिक २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com