काठमाडौं । काठमाडौंको रानीवनबाट पेतस्तोलसहित सेनाका एक जना सिपाही पक्राउ परेका छन्।

शनिबार साढे ९ बजे नागार्जुन नगरपालिका-१ रानीवनस्थित खाजाघरबाट प्रहरी वृत्त स्वयम्भूको टोलीले एक जनालाई पक्राउ गरेको हो।

advertisement

पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई रानीवन बस्ने २४ वर्षीय अनिल खड्का छन्।

उनी खाजा घरमा पेस्तोल लिएर बसेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनापछि स्वयम्भूबाट खटिएको टोलीले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो।

उनीबाट युएसए लेखिएको पेस्तोल बरामद भएको हो। गोली भने फेला परेको थिएन।

उनी नेपाली सेनाका सिपाही रहेको वृत्तले जनाएको छ। यस घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रकाशित मिति: ११ कार्तिक २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com