काठमाडौँ । महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध गरेको छ । स्वदेशी फूल उत्पादन प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्। तिहार पर्व सुरु हुनै लाग्दा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल छ्याप्छ्याप्ती बनेको छ ।

मेयर शाहले महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा विक्री वितरण प्रबन्ध गरेको पनि जानकारी दिएका छन् । महानगरले गतवर्ष पनि प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल विक्री गर्ने स्थान मिलाएको थियो।

advertisement

यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउन मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको उनले जानकारी दिए। ‘स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर विक्री गर्न सक्नुहुनेछ’, मेयर शाहले भनेका छन् ।

प्रकाशित मिति: १३ कार्तिक २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com