दाङ । लागूऔषध कारोबारमा संलग्न ‘आन्टी’ भनेर परिचित एक महिला तुलसीपुरमा पक्राउ परेकी छन्। लामो समयदेखि लागूऔषध आपूर्ति गरिरहेकी तुलसीपुर उपमहानगरपालिका-८, दूधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीका अनुसार, लागूऔषध दुर्व्यसनीहरूले ‘आन्टी’ भनेर चिन्ने विश्वकर्मालाई मुख्य आपूर्तिकर्ता मानिएपछि ‘अपरेसन आन्टी’ अन्तर्गत उनलाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा, केही समय तुलसीपुरस्थित एक मेडिकलमा काम गरेकी विश्वकर्माले दुर्व्यसनीले प्रयोग गर्ने औषधिबारे जानकारी पाएपछि कारोबार सुरु गरेको पाइएको छ। उनी सडकपेटीमा तरकारी बेच्ने बहाना गर्दै लागूऔषध पनि बेच्ने गरेको ठकुरीले बताए। यस कारोबारबाट कमाएको रकमले उनले घर घडेरी जोडेको पाइएको छ। दुईवटा विवाह गरेकी विश्वकर्मा हाल एक्लै बस्दै आएकी छन्।

advertisement

उनको साथबाट ३५ वटा पत्तामा ३५० वटा ट्रामाडोल फेला परेको छ भने घरमा खानतलासी गर्दा २,३४० ट्याबलेट बरामद भएको प्रहरी निरीक्षक प्रकाश थापाले जनाए। विश्वकर्माले नेपाल-भारत सीमा क्षेत्रमा पुगेर आफैं लागूऔषध ल्याउने गरेको पनि थापाले जानकारी दिए।

प्रकाशित मिति: १४ कार्तिक २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com