काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा र हल्ला गरेर अराजकता मच्चाइएको बताएका छन्।

शुक्रबार दरबारमार्गमा नेकपा एमालेले गरेको सभालाई सम्बोधन गर्दै उनले भने,‘कम्बोडियामा ३२ हजार करोड छ भन्ने हल्ला चलाइयो, भन्नलाई भन्देऊ न अमेरिकाको बैंकको आधा सम्पत्ति मेरै हो।’
यहि क्रममा रास्वपा सभापति रवि लामिछानेतिर इङ्गीत गर्दै ओलीले हिन्दीको उखान स्मरण गर्दै भने,‘उल्टे चोर कोतवालको डाटे! आफैं सहकारी ठग्ने अनि अरुलाई ठग भनी औंला ठड्याउने?’
ओलीले सत्ता समीकरण ०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरेका छन्।

advertisement

उनले भनेका छन्,‘कान खोलेर सुने हुन्छ, अब १८ महिना म सरकार चलाउँछु। त्यसको १८ महिनापछि शेरबहादुरजीले चलाउनुहुन्छ।’
सभामा सम्बोधनका क्रममा ओलीले भने,‘सरकार बन्दै बन्दैन भने बन्यो, विश्वासको मत पाउँदैन भने, पायो। दशैं तिहार केही देख्दैन भन्यो त्यो पनि कट्यो। अब फ्रेबुअरीको भाका राख्दैछन्।’

ओलीले अगाडि भने,‘फागुनको कुरा होइन, ०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ। कान खोलेर सुने हुन्छ। ०८३ साल असारसम्म प्रधानमन्त्री रहन्छु, त्यसपछि शेरबहादुर देउवाजीले चलाउनुहुन्छ।’

ओलीले अहिलेको समीकरण हल्लाउन सक्ने छैन भन्ने दाबीसाथ भने,‘नेकपा एमाले कागले कान लग्यो भनेर आकाशतिर हेरेर कुद्ने पार्टी होइन। आफूले एकप्रकारको अश्लील, अराजकता मच्चाएपछि समाज त्यस्तै होला भनेर सोचेका होलान् तर नेपाली जनता गौरवपूर्ण परम्पराको साथ अघि बढ्छ।’

प्रकाशित मिति: ७ मंसिर २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com