काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार अपराह्न काठमाडौं ल्याइएको छ।

उनलाई साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो। स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनको मुद्दामा बयानका लागि उनलाई काठमाडौं ल्याइएको हो। विमानस्थलमा लामिछानेका समर्थकहरूले उनको पक्षमा नाराबाजी गरेका थिए।

advertisement

सहकारी ठगी र संगठित अपराध आरोपमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीको हिरासतमा अनुसन्धान भइरहेको थियो। यसबीच, काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। सरकारी वकिल कार्यालयमा उनको बयान शुक्रबार लिइने संभावना छ।

 

प्रकाशित मिति: १३ मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com