काठमाडौँ — प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो पटक स्थानीय तहको निर्वाचनमा सहभागी हुँदा अपेक्षित परिणाम ल्याउन असफल रह्यो। हालसम्म रास्वपाले एक मात्र वडा अध्यक्ष पद जितेको छ भने विभिन्न ११ स्थानमा ५० मत पनि कटाउन सकेन ।

रास्वपाले काठमाडौं महानगरपालिका-१६ को वडा अध्यक्ष पदमा भने सफलता हात पार्‍यो। यहाँ रास्वपाकी रोजिना श्रेष्ठले २,९०२ मत प्राप्त गर्दै विजय हासिल गरिन्।

advertisement

तर, पार्टीका अन्य धेरै उम्मेदवारको प्रदर्शन अत्यन्तै कमजोर रह्यो। महोत्तरीको रामगोपालपुर नगरपालिका-२ मा उम्मेदवार सुरसैद खाँले जम्मा ४ मत मात्रै पाए। यस्तै, तिलगुफा नगरपालिका-४ मा गगन बलमेले ५, रौतहटको ईशनाथ नगरपालिका-७ मा शेख असराजले ६ मत मात्र प्राप्त गरे।

अन्य ठाउँमा पनि मत परिणाम निराशाजनक नै देखियो। सिरिजंघा गाउँपालिका-३ मा देवी प्रसाद पौडेलले ७, धनुषाधाम नगरपालिका-१ मा रामनरेश दासले १०, र ठाकुरबाबा नगरपालिका-४ मा बासुदेव शर्माले १७ मत मात्र पाए।

त्यस्तै, पूर्वीचौकी गाउँपालिका-६ मा जानकी कुमार खड्काले ३१, गढी गाउँपालिका-६ मा शशि कुमार साहुले ३३, लालीगुराँस नगरपालिका-८ मा सन्जिव खड्काले ३८, र मुसिकोट नगरपालिका-१ मा विकास थापाले ४३ मत प्राप्त गरे।

सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी छ। यहाँ रास्वपाकी उम्मेदवार बाँचा बुढाले अहिलेसम्म जम्मा ५ मत पाएकी छिन्।

अन्य स्थानका परिणामपनि नाजुक

ग्रामथान गाउँपालिका अध्यक्ष: नविनकुमार विश्वास खवास – ३७५ मत

भीमदत्त नगरपालिका-६ को वडा अध्यक्ष: रामदत्त भट्ट – २१८ मत

त्रियुगा नगरपालिका-१२ को वडा अध्यक्ष: ध्रुवप्रसाद पोखरेल – २०२ मत

नलगाड नगरपालिकाको उपमेयर: पार्वती पुन – १७९ मत

मोलुङ गाउँपालिका-५ को वडा अध्यक्ष: विष्णु प्रसाद पोखरेल – १५१ मत

महाबु गाउँपालिका अध्यक्ष: प्रकाश कुमार बुढा – ११२ मत

शुद्धोधन गाउँपालिका-१: अवधेश कुमार चौधरी – ९२ मत

हेटौंडा उपमहानगरपालिका-१२: आशावीर बल – ८३ मत

ककनी गाउँपालिका-२: मंगलसिद्धि लामा तामाङ – ८३ मत

गोरखा नगरपालिका-५: मंगलबहादुर थापा – ८२ मत

दुल्लु नगरपालिका-१३: रामबहादुर शाही – ५३ मत

रास्वपाको स्थानीय तहको पहिलो सहभागिता अपेक्षाभन्दा कमजोर देखिएको छ।

 

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com