काठमाडौँ – नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरूले अपहरण गरेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।

राजधानीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राजदूत बासले अरब स्रोतहरूको जानकारीका आधारमा विपिन जीवित रहेको बताएका हुन्।

advertisement

उनले भने, “अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनी कहाँ छन् र अहिले कस्तो अवस्थामा छन् भन्ने बारेमा हामीलाई जानकारी छैन।”

राजदूत बासले विपिन चाँडै नेपाल फर्कने आशा व्यक्त गर्दै भने, “हामीलाई विश्वास छ कि अपहरणमा परेका कैयौँ व्यक्तिमध्ये विपिन पनि रिहा हुनेमध्ये एक हुनेछन्।”

 

प्रकाशित मिति: २० मंसिर २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com