काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल प्रहरीको कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा राष्ट्रिय अनुसन्धानका अधिकृतसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई आइतबार बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका-३ घर भई राष्ट्रिय अनुसन्धान कार्यालय बारा दरबन्दी भई विमानस्थल कार्यालय सिमरामा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारी, बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ घर भई वडा नं १ स्थित जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक २७ वर्षका पुरुषोत्तम कुमार दास र सोही स्थानका २० वर्षका ईन्द्रजित कुमार चौहान छन्।

advertisement

गत पुस ६ गते जितपुर सिमरा उप महानगरपालिका-११ स्थित बकुलिया देखी रमौली लोसन्डा जाने सडक खण्डको छेउमा बागमती प्रदेश ०१९०२८ च ७६१६ नम्बरको कारमा रुम्बाको शव भेटिएको थियो।

प्रकाशित मिति: १४ पुस २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com