एजेन्सी । एक महिलाले ४० वर्षीय पुरुषलाई रोचक तरिकाले लुटेर भागेकी छिन्। भारतको गोरखपुरमा भएको यो अनौठो ठगीमा महिलाले दुलही बनेर गहना र नगद लिएर मण्डपबाट भागेकी हुन्।

पहिलो श्रीमती गुमाएका कमलेश कुमारले दोस्रो विवाहको कार्यक्रम स्थानीय शिव मन्दिरमा गरिरहेका थिए, त्यहीँ बेला यो नाटकीय घटना भएको हो। कमलेशले लमीलाई ३० हजार भारतीय रुपैयाँ कमिसन दिएर महिलासँग विवाह पक्का गरेका थिए।

advertisement

घटनापछि सीतापुरको गोविन्दपुर गाउँका कृषक कमलेशले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘म केवल मेरो परिवार बसाउन चाहन्थेँ तर सबै कुरा गुमाए।’ एनटिभीका अनुसार, यस विषयमा अहिलेसम्म कुनै उजुरी परेको छैन। कसैले उजुरी गरेमा अनुसन्धान गरिने प्रहरी उपरीक्षक जितेन्द्र कुमारले बताए।

आरोप अनुसार, शुक्रबार दुलही आफ्नी आमासँगै मन्दिर आएकी थिइन्। कमलेश पनि परिवारसहित मन्दिर पुगेका थिए। कमलेशले महिलालाई सारी, सौन्दर्य सामग्री र गहना पनि दिएका थिए। विवाहको खर्च पनि आफैँले बेहोरेको उनको भनाइ छ।

तर, मण्डपमा विवाहको कार्यक्रम सुरु भएपछि, दुलहीले आफूलाई बाथरुम जानुपर्ने भन्दै अनुमति मागेकी थिइन्। त्यसपछि उनी कहिल्यै फर्किइनन्। उनीसँगै उनकी आमा पनि बेपत्ता भएको बताइएको छ। यद्यपि, उनले कति पैसा र गहना लिएर गइन् भन्ने कुरा खुलेको छैन।

प्रकाशित मिति: २१ पुस २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com