नवलपरासी । राजनारायण माध्यमिक विद्यालयका सहायक लेखापाल सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहारलाई घुससहित पक्राउ गरिएको छ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हिनन्दन गाउँपालिका–५ स्थित विद्यालयमा भवन निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले कारबाही गरेको हो।

advertisement

अख्तियारको टोलीले २०८१ पुस २४ गते गुप्ता र कहारलाई सेवाग्राहीसँग ६५,००० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा लेखापालको कार्यकक्षबाट पक्राउ गरेको छ।

घटनापछि अख्तियारले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। प्रवक्ता नरहरि घिमिरेका अनुसार, विद्यालय भवन निर्माणपछि बिल भुक्तानी गर्न सेवाग्राहीसँग रकम मागिएको उजुरीका आधारमा टोली परिचालित गरिएको थियो।

घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने अख्तियारले जनाएको छ।

 

प्रकाशित मिति: २४ पुस २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com