काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले रवि लामिछाने, छविलाल जोशीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएको छ।

रवि र छविलाई जिल्ला अदालत, कास्कीले बिहीबार (आज) क्रमश: ६५ र ८८ लाख धरौटीमा रिहा गरेको छ। यसपछि रास्वपा नेताहरूले उनीहरू निर्दोष ठहरिएको बताएका छन्।

advertisement

यसपछि कानुनका ज्ञातासमेत रहेका कांग्रेस नेता मीन विश्वकर्माले उनीहरूलाई निर्दोष भन्न नमिल्ने प्रतिक्रिया दिएका हुन्। ‘सबै अभियुक्तलाई धरौटी माग्नु र रकम फरक हुनुले बुझ्नुपर्छ कि ८८ लाख, ६५ लाख धरौटी निर्दोष भएकाले मागिएको होइन। कानूनी प्रकृया बुझ्न आवश्यक छ।’

उनी अगाडि भन्छन्, ‘जसरी मुद्दा लाग्नसाथ कोही दोषी ठहर हुँदैनन्, त्यसैगरी सादा तारिख वा धरौटीमा छुटेका सबै निर्दोष हुँदैनन्।’

प्रकाशित मिति: २५ पुस २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com