एजेन्सी । अमेरिकाको उत्तरी भर्जिनियाको एक होटलमा रहेको बरफको पोखरीमा कार डुब्दा २ जना नेपालीको मृत्यु भएको छ।

बिहीबार बिहान भर्जिनियाको चान्टिलीमा रहेको एक होटल बाहिर १० फिट गहिरो पोखरीमा कार डुबेको अवस्थामा फेला परेको र त्यस कारभित्र दुई जना नेपालीको शव भेटिएको सञ्चारमाध्यमहरुमा उल्लेख छ।

advertisement

प्रहरीले लगभग बिहान ७:३० बजेतिर हिउँमा चिप्लिएर पोखरीमा कार खसेको जानकारी दिएका छन्। कार आंशिक रूपमा जमेको पानीमा डुब्दा चालक ५५ वर्षीय कर्ण खड्का र कारमा बसेका २० वर्षीय निश्चल भट्टको मृत्यु भएको हो। उद्धार टोली उक्त स्थानमा पुग्दा दुबै जनाको मृत्यु भइसकेको थियो।

मृतक खड्काका सहकर्मीहरूका अनुसार खड्का सोही होटलमा काम गर्थे। उनले  निश्चल भट्टले सोही होटलमा जागिरको लागि आवेदन दिने भनेकाले सँगै लिएर आएका थिए।

प्रहरीले घटनाको विषयमा थप अनु्सन्धान गरिरहेको छ।

 

प्रकाशित मिति: २६ पुस २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com