काठमाडौं – प्रभु बैंक लिमिटेडका पूर्वअध्यक्ष देवी प्रकाश भट्टचनकी उम्मेदवार अम्बिका लामिछानेले आफ्नो घरमा राखिएको प्रभु बैंकको एटीएम रातारात हटाएकी छन्।
बैंकको संचालक पदमा उम्मेद्बारी दर्ता गरेपछी लामिछानेविरुद्ध ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन’ उल्लङ्घन गरेको आरोपमा परेको थियो। उनले आफ्नै घरमा एटीएम राखेर बजारमूल्यभन्दा अत्यधिक शुल्क असुल गरेको खुलासा भएपछि उनको बैंक सञ्चालक पदका लागि उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको थियो। उजुरी परेपछि आफ्नो घरबाट उनले रातारात उक्त एटीएम हटाएकी हुन्।
बैंक तथा वित्तीय संस्थाले कुनै पनि काम कारबाही अगाडि बढाउन नियामक निकाय नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने हुन्छ। तर, उक्त स्थानमा लामिछानेको घरमा रहेको प्रभु बैंकको एटीएम रातारात हटाउन कसले निर्देशन दियो र कसरी हटाइयो यो शंकाको बिषय बनेको छ।
यो घटनाले प्रभु बैंकका व्यवस्थापकीय निर्णयमाथि गम्भीर प्रश्न उब्जाएको छ । नेपाल राष्ट्र बैंकले यस विषयमा कस्तो कदम चाल्छ, त्यो हेर्न बाँकी छ।
अम्बिका लामिछाने यसअघि पनि राष्ट्र बैंकबाट कारबाहीको सामना गरिसकेकी व्यक्ति भएकोले यस्तो पृष्ठभूमिका व्यक्तिहरूलाई बैंकको सञ्चालक पदमा चयन गर्नु बैंकको पारदर्शिता र विश्वसनीयता माथी गम्भीर प्रश्न चिन्ह खडा हुने देखिन्छ।
प्रकाशित मिति: २७ पुस २०८१, शनिबार












प्रतिक्रिया