काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नयाँ भनिएका दल पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्न थालेको बताएका छन् । बारा जान लागेका बेला शनिवार हेटौडामा कार्यकर्तासँग भेटघाट गर्दै लिङदेनले यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले त नयाँ भनिएका दल पनि पुराना दललाई देखाएर उनी गर्न पाउने हामीले गर्न नपाउने ? भन्दै भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने बिन्दुमा पुगे,’ अध्यक्ष लिङदेनले भने,‘यस्तो अवस्थामा देश पुगेको छ।’

advertisement

नयाँ अनुहारबाट यस्तो अपेक्षा नगरिए पनि उनीहरूबाट देखिएको लक्षणले देश दण्डहीनतातर्फ बढेको उनले बताए । ‘उसले त्यति धेरै खाँदा केही नहुने, हामीले थोरै खाँदा पनि थुनिनुपर्ने? भन्ने प्रश्नले के देखाउँछ ? यसरी देश लज्जास्पद दण्डहीनतातिर बढेको छ,’ उनले भने ।

प्रकाशित मिति: ५ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com