काठमाडौं– गायिका समिक्षा अधिकारी श्री एयरलाइन्ससँग आक्रोशित बनेकी छन्।

विमानस्थल खुलेर अन्य एयरले उडान गर्दा पनि विहान ८ बजेको श्री एयरले २ बजेसम्म पनि नउडाएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका अधिकारी आक्रोशित भएकी हुन्। यहि विमानका कारण आफूले केही दिनअघि नेपालगञ्जको कार्यक्रम समेत गुमाएको उनले स्मरण गरेकी छन्।

advertisement

गायिका अधिकारी लेख्छिन्,‘मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उनले जानकारी दिएकी छन्। ‘अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्। केही दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु’ अधिकारी लेख्छिन्,‘श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलाइन्ससँग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।’

प्रकाशित मिति: ६ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com