काठमाडौँ । सडक चेकिङका क्रममा सर्वसाधारणलाई कुटपिट गरेको आरोपमा प्रहरी कर्मचारीमाथि छानबिन सुरु गरिएको छ।

दुई पाङ्ग्रे सवारी चेकजाँचका क्रममा चालकले फोन गर्न खोजेपछि प्रहरी कर्मचारीले ‘पावर देखाउन खोजेको हो?’ भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

advertisement

भिडियो पोस्ट गर्ने व्यक्तिले घटना चितवनमा भएको उल्लेख गरेका छन्। यस विषयमा चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले छानबिन सुरु गरिएको जानकारी दिए। घटनाको अनुसन्धानका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ।

प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com