काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। उनले अझै पनि कम्युनिष्ट पार्टीले जनतामा राम्रो प्रभाव कायम राखेको बताए।

advertisement

उनले भने, “हालको अवस्थामा कम्युनिष्ट पार्टीमात्र होइन, समग्र राजनीतिप्रति नै वितृष्णा उत्पन्न हुने अवस्था बनेको छ। तर, यदि कम्युनिष्ट पार्टी एकताबद्ध भएर अघि बढेको भए र प्राप्त अवसरको सही उपयोग गर्न सकेको भए, देशमा ठूलो परिवर्तन सम्भव हुने थियो। देश संकटमा परेको बेला कम्युनिष्ट पार्टीको भूमिका अझै आवश्यक देखिन्छ।”

अध्यक्ष नेपालले वर्तमान राजनीतिमा धेरै विसंगतिहरू रहेको उल्लेख गर्दै ती विसंगतिहरूसँग जुध्न आवश्यक रहेको बताए। उनले भने, “विसंगतिहरूसँग सामना गरेपछि मात्रै यो आन्दोलनप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको अझै राम्रो सम्भावना छ। कम्युनिष्ट पार्टीले जनतामा राम्रो प्रभाव पार्न सफल भएको छ।”

उनले राजनीतिक दल र सरकारले जनताका समस्या समाधान गर्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।

 

प्रकाशित मिति: १२ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com