काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूलाई भ्रम फैलाउने काममा लागिरहेको आरोप लगाएका छन्। सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा उनले विपक्षी दलहरूप्रति कडा आक्रोश व्यक्त गरे।
उनले विपक्षी दलहरूले दाबी गरेजस्तो सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्रीको पदलाई चक्लेटजस्तो नबुझौं। नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देशलाई स्थिरता र विकास दिने उद्देश्यले यो बलियो सरकार बनाएका हौं।”
प्रधानमन्त्री ओलीको निशानामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। उनले भने, “सरकार आज ढल्छ, भोलि ढल्छ भनेर छाती पिट्ने, कपाल तान्ने र विलौना गर्ने कामले केही फाइदा हुँदैन। यो सरकार दुई तिहाइको स्थिरता र स्थायित्वका लागि बनेको हो। हामीले प्रधानमन्त्रीको चक्लेटजस्तो लोभ त्यागेर देश बनाउने सरकार बनाएका हौं। देश बनाउन सहकार्य चाहिन्छ, तर भ्रम फैलाउनेहरूको साथ लिएर होइन।”
प्रकाशित मिति: १४ माघ २०८१, सोमबार












प्रतिक्रिया