काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य पुष्पराज पौडेल एक लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौँका न्यायाधीश महेन्द्रराज काफ्लेले उनलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएका हुन्।

रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ घर भएका पौडेलमाथि स्वर्णलक्ष्मी सहकारीको ४० लाख ७ हजार ७२३ रुपैयाँ अपचलन गरेको आरोप छ। गोरखा ग्रुप अफ कम्पनीले कानुनविपरीत स्वर्णलक्ष्मी सहकारी संस्थाबाट पौडेलका नाममा ऋण लिएको भन्दै आरोप लागेको छ। पौडेल सोही कम्पनीका सेयर सदस्य हुन्।

advertisement

यसअघि, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा अन्य चार प्रतिवादी पनि धरौटीमा रिहा भइसकेका छन्। तीमध्ये, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६० लाख धरौटी माग गरिएको थियो। यस्तै, पूर्व डीआईजी छविलाल जोशीले ५० लाख धरौटी बुझाएर रिहा भएका थिए।

 

प्रकाशित मिति: १४ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com