काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

लामो समयसम्म पनि उभिएरै उनीहरूले विरोध जनाउँदा पनि सभामुखले बोल्ने मौका नदिएपछि उनीहरू बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

advertisement

दिउँसो १ बजेदेखि बैठक सुरु भए पनि रास्वपाका सांसदले करिव आधा घण्टा उभिएरै विरोध जनाएका थिए । सभामुखले धेरै पटक बस्नका लागि आग्रह गर्दा पनि नमानेपछि बस्नका लागि आदेश समेत दिएका थिए ।

तर, रास्वपाका सांसदले विशेष समय माग्दै बोल्न पाउनुपर्ने अडान लिएर उभिएरै विरोध जनाएका थिए ।

सभामुखले रास्वपाका सांसदलाई बोल्न नदिएरै कार्यसूची अनुसार बैठक अघि बढाएपछि रास्वपाका सांसद बैठक बहिस्कार गरेर बाहिरिएका हुन् ।

प्रकाशित मिति: १८ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com