काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसभित्र विवाद हुने र भइरहने टिप्पणी गरेका छन्। शनिवार चितवनमा आयोजित १०० दिने अभियान अन्तर्गतको सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले जीवन्त पार्टीभित्र विवाद, छलफलका विषय सामान्य रहेको बताए।

‘कांग्रेसभित्र विवाद हुन्छ, भइरहन्छ। प्रश्न गर्न निषेध गर्ने दल कांग्रेस होइन,’ महामन्त्री शर्माले भने,‘तर, ती विवादको समाधान पनि हुँदै गर्छ । यही लोकतान्त्रिक पद्धति हो।’   तर ‘कतिपय दल प्रश्न नै गर्न नपाइने दल’ रहेको उनले बताए। ‘जहाँ प्रश्न निषेध गरिएका दल छन्। हाम्रो दल त्यस्तो होइन,’ उनले भने।

advertisement

आफूले संसद्मा कुनै समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईँसँग प्रतिस्पर्धा गर्ने भीम रावल कहाँ हुनुहुन्छ?’ भनेर सोधेको पनि उनले सम्झाए।

‘यही कुरा नयाँ दलमा खोजे पाइन्न। नयाँ अर्को पार्टी खुलेको छ, उसले लोकतान्त्रिक प्रवृत्ति हामीभन्दा राम्रो देखाओस्,’ उनले भने,‘होइन, एक जना महामन्त्रीजीले गम्भीरतापूर्वक भर्खर खुलेको पार्टी रूपान्तरण गर्नुपर्छ भनेको चार पाटा मात्रै मोडिएन, चार भन्ज्याङ कटाइयो।’

त्यो अवस्था कांग्रेसभित्र नरहेको महामन्त्री शर्माले दाबी गरे। ‘कांग्रेस पार्टीको महामन्त्री सभापतिलाई प्रधानमन्त्री धेरै पटक भइसक्नुभयो, अब नहुनुस् अथवा सबै काम गर्नुभयो त्याग गर्नुस् भन्दा केही भएको देख्नुभयो ?’उनले प्रश्न गरे।   जुन चिजमा लचकता हुन्छ त्यसैको आयु बढी हुने महामन्त्री शर्माले बताए।

प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com