काठमाडौं । मानव सेवा फाउन्डेसनले पोखरामा वृक्ष कटान बारे भ्रम फैलाइएको जनाएको छ। स्थानीय निकाय तथा टोलसुधार समितीसँग समन्वय गरेर नै हवनका लागि समिदा दाउरा संकलन गरेको प्रष्टिकरण दिएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै फाउन्डेसनले समाचार र सामाजिक सञ्जालमा आए जस्तो कुनै काम नभएको र पोखरा महानगरपालिकाले पहिल्यै नै काँटछाँटगरी एकठाउँमा संकलन भएका दाउरालाई महानगरकै सम्बन्धित निकायसँग समन्वय गरेर संकलन गरीएको जनाएको छ।

advertisement

यस्तै, आफुखुशी वा कुनै स्वार्थ साँध्न नभई विभिन्न निकायहरूले जोखिमयुक्त रुख पहिल्यै अनुमति लिएर कटानकालागि तय गरेका रुखका दाउरा र महानगरपालिका आफैंले पहिल्यै काटेका दाउराहरु मात्र हवन प्रयोजनका निमित्त संकलन गरेको फाउन्डेसनको भनाई छ। बिगतमा अनधिकृत रुपमा काटिएको रुखको कुरामा समेत फाउन्डेसनको नाम जोडिएको प्रती मानवसेवा फाउन्डेसनले आपत्ती जनाएको छ।

‘पोखरा महानगरपालिका वडा नम्बर १३ र १४ मा रहेका वृक्षहरूमध्ये बिजुलीको तारहरूलाई छुने गरी जोखिमयुक्त रूपमा रहेका सँगसँगै घरहरूमा क्षति पुर्‍याउने सक्ने स्थितिमा रहेका वृक्षहरूलाई त्यहाँको टोल विकास समिति तथा स्थानीयले उक्त रूख पहिल्यै काट्नका लागि तय गरेको जानकारी प्राप्त भइसकेपश्रात मात्र सोही स्थानका आमा समूह साथै स्थानीय व्यक्तित्वहरूको साथ सहयोग समन्वय र सहकार्यमा मात्र कटान गरिएको जसमध्ये कटान गर्ने भनी पूर्व निर्णय गरिएको बाहेकका अन्य वृक्ष कटान नगरिएको सबैमा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

पोखरा महानगरपालिका लगायत विभिन्न निकायले समेत यस बिषयमा बिभिन्न बिज्ञप्ति जारी गरेका छन्।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com