काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ठगी मुद्दामा मात्रै अभियोजन दर्ता गरिएको भन्दै चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवागरी छानबिन सुरु गरेको छ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता तथा सहन्यायाधिवक्ता सूर्यराज दाहालका अनुसार, लुइँटेलको सरुवा गरिएको छ। उनले भने, “सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयसँग निहित छ।”

advertisement

लामिछानेविरुद्ध संगठित अपराधको अभियोग हटाई केवल ठगीसम्बन्धी कसुरमा मात्र मुद्दा दर्ता गरिएको भन्दै लुइँटेलमाथि अभियोजनमा त्रुटि गरेको आरोप लागेको छ। यसै सन्दर्भमा महान्यायाधिवक्ताको कार्यालयले नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रवक्ता दाहालका अनुसार “छानबिन समितिले तथ्यहरूको अध्ययन गरी थप कानुनी प्रक्रिया अघि बढाउनेछ।”

यसैबीच, चितवनमा लुइँटेलको स्थानमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ। सामान्यतया सरकारी वकिलहरूको सरुवा दुई वर्षमा हुने परिपाटी रहे पनि लुइँटेल डेढ वर्षमै सरुवा भएका हुन्। उनी अघिल्लो वर्ष कार्तिक २० गते चितवनमा हाजिर भएका थिए।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com