काठमाडौं – चर्चित टिकटक क्रिएटर मिस पवि र अंशुवर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटक बन्द नगर्न आग्रह गरेका छन्।

बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटमा उनीहरूले सामाजिक सञ्जाल विशेषगरी टिकटकको प्रभावका विषयमा छलफल गर्दै यसको बन्देजले सिर्जनशीलता र युवाको अवसरमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै व्यवस्थित सञ्चालनको उपाय खोज्न सुझाव दिएका हुन्।

advertisement

प्रधानमन्त्री ओलीले भेटका बारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, “आज दिउँसो आन्तरिक काममा व्यस्त थिएँ। साँझ प्रतिभावान् टिकटक क्रिएटर मिस पवि र अंशुवर्मासँग कुराकानी गर्ने अवसर मिल्यो। उहाँहरूले टिकटकलाई अघिल्लो सरकारले जस्तो बन्द नगरी व्यवस्थित रूपमा सञ्चालन गर्न सुझाव दिनुभयो।”

हाल टिकटकको नियमन तथा सम्भावित प्रतिबन्धको विषयमा सार्वजनिक बहस चलिरहेको छ। युवा पुस्ताबीच लोकप्रिय यो सामाजिक सञ्जालमाथि नियन्त्रणका सन्दर्भमा सरकारको आगामी नीति कस्तो हुनेछ भन्ने विषयले चासो बढाएको छ।

प्रकाशित मिति: २४ माघ २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com