काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) माथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

बीबीसीका अनुसार, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु वाशिङ्टन भ्रमणमा रहेका बेला ट्रम्पले आईसीसीलाई प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्। सन् २०२१ को नोभेम्बरमा आईसीसीले गाजा क्षेत्रमा युद्ध अपराधमा संलग्न भएको आरोपमा इजरायलका प्रधानमन्त्री नेतन्याहू र पूर्वरक्षामन्त्री योव गालान्टविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो।

advertisement

ट्रम्पको यो कदमलाई अमेरिका इजरायलको समर्थनमा रहेको सन्देशका रूपमा हेरिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, अमेरिका र इजरायल दुवै आईसीसीका सदस्य होइनन् र उनीहरूले यस न्यायालयलाई मान्यता पनि दिएका छैनन्। यस्तै, रुस र चीन पनि आईसीसीका सदस्य छैनन्।

हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतमा हाल १२४ देश सदस्य रहेका छन्। सन् २००२ मा स्थापना भएको यो अदालतले मानवता विरोधी अपराध, युद्ध अपराध, तथा नरसंहारजस्ता गम्भीर अपराधहरूको छानबिन र अभियोजन गर्ने अधिकार राख्छ।

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com