काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखक र नेपाली प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँबरमाथि छानबिन गर्दै कडा कारबाही गर्न माग गरेका छन्।

नेता ज्वालाले सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामलाई प्रहरीले गृहमन्त्री लेखकको निर्देशनमा अनावश्यक ज्यादति गरेको आरोप लगाएका छन्। अन्तरजातीय विवाह गरेका यी दुईलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी नेपाल ल्याएको घटना सार्वजनिक भएपछि उनले कडा प्रतिक्रिया जनाएका हुन्। अदालतमा विवाह गरिसकेको जोडीमाथि पुनः अर्को मुद्दा दायर गरिएको विषयमा समेत उनले आपत्ति जनाए।

advertisement

घटनाबारे आफ्नो धारणा राख्दै नेता ज्वालाले भने, “विवाहित जोडीलाई भारतबाट पक्राउ गरी यातना दिने र यस्तो अमानवीय कार्यका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायत सबै दोषीहरूमाथि छानबिन गरी कडा भन्दा कडा कारबाही गरिनुपर्छ।”

प्रकाशित मिति: २५ माघ २०८१, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com