काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज (शनिवार) काठमाडौंका केही क्षेत्रमा निर्धारित समयसम्म विद्युत् सेवा अवरुद्ध रहने जानकारी दिएको छ। प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रका दुई फिडर र जोरपाटी वितरण केन्द्रको एक फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ।
बलम्बु वितरण केन्द्रअन्तर्गत प्रभावित क्षेत्रहरू
- मातातीर्थ फिडर: मातातीर्थ क्षेत्रमा बिहान ११:०० देखि १२:०० बजेसम्म विद्युत् अवरुद्ध रहनेछ। सडक विस्तार तथा नयाँ ट्रान्सफर्मर जडान कार्यका लागि आपूर्ति रोक्नुपर्ने भएकाले सेवा बन्द हुने प्राधिकरणले जनाएको छ।
- सतुंगल फिडर: कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङल चोक आसपासका क्षेत्रमा बिहान ११:०० देखि अपराह्न ४:०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। यहाँ पनि सडक विस्तार तथा नयाँ ट्रान्सफर्मर पोस्ट निर्माणका लागि फिडर सटडाउन गरिनेछ।
जोरपाटी वितरण केन्द्रअन्तर्गत प्रभावित क्षेत्रहरू
- मुलपानी फिडर: मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, बाबाचोकलगायतका क्षेत्रमा बिहान १०:०० देखि १२:०० बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। यहाँ जडानसम्बन्धी कार्य सम्पन्न गर्न फिडर सटडाउन गरिनेछ।
विद्युत् प्राधिकरणले आवश्यक कार्य समयमै सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै विद्युत् सेवा पुनः सञ्चालन हुन सक्ने जनाएको छ। सेवा प्रभावित हुने क्षेत्रका उपभोक्ताहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
प्रकाशित मिति: २६ माघ २०८१, शनिबार













प्रतिक्रिया