सल्यान – सल्यानको श्रीनगरमा जारी महोत्सव स्थलमा शनिबार राति भीषण आगलागी हुँदा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।
शनिबार राति करिब ११ बजे महोत्सव स्थलमा लागेको आगलागीबाट १३८ स्टलमध्ये ८० स्टल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, सल्यान शाखाको आयोजनामा माघ १८ गतेदेखि श्रीनगर व्यापारिक केन्द्रमा महोत्सव सञ्चालन भइरहेको थियो।
आगो स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहकार्यमा आइतबार विहान १ बजे नियन्त्रणमा ल्याइएको महोत्सव आयोजक समितिले जनाएको छ। आगलागीको कारण अझै स्पष्ट नभए पनि प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्टका कारण नभई कसैले बाहिरबाट आगो लगाएको हुन सक्ने आशंका गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार













प्रतिक्रिया