चितवन । चितवनको भरतपुर महानगरपालिका–२९, सेतीदोभानस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रुवाहक बस दुर्घटना भएको छ।
आज बिहान ४:४० बजे नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु.प्र. ०३-००१ ख ००७७ नम्बरको बस अनियन्त्रित भई पुलबाट करिब २० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
बसमा २९ जना यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने २२ जनामा मध्यम चोट लागेको छ। प्रारम्भिक उद्धारपछि गम्भीर घाइते २ जनालाई चितवन मेडिकल कलेज (सीएमसी) पठाइएको छ।
चितवन प्रहरीले सबै घाइतेको चितवन मेडिकल कलेजमै उपचार भइरहेको जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: २७ माघ २०८१, आइतबार













प्रतिक्रिया