काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना प्रति आम नागरिकको आकर्षण पुनः बलियो रूपमा फर्किएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले शान्ति प्रक्रियापछि तीनवटा निर्वाचन लडिसकेको उल्लेख गर्दै माओवादी केन्द्र हाल देशभर नयाँ शक्तिका रूपमा स्थापित भइसकेको दाबी गरे।

advertisement

“२०६४ सालमा जहाँ गइयो, त्यहाँ वृद्ध-वृद्धा, युवा-युवती, बालबालिका सबैले एकपटक छुन पाए हुन्थ्यो भन्ने भावना राख्थे। त्यो बेला जनलहर अत्यन्तै उच्च थियो। बीचमा केही निराशा देखिए पनि अहिले फेरि जनता हाम्रो पार्टीप्रति आशावादी भएका छन्। जुनसुकै स्थानमा गए पनि जनताले उत्साहका साथ मलाई हेर्ने, फोटो खिच्ने, स्पर्श गर्न चाहने क्रम बढेको छ। २०६४ सालकै जस्तो उर्जा म फेरि अनुभव गरिरहेको छु,” प्रचण्डले भने।

उनले आफूसँग तस्बिर खिच्न र छुन चाहनेहरुले अहिले पनि आँफु देश दौडाहाका क्रममा बढिरहेको महसुस गरेको बताए।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com