काठमाडौं – काठमाडौं महानगरपालिकाले टेकुस्थित एक कवाड गोदाममा डोजर प्रयोग गरी संरचना हटाउने क्रममा झडप हुँदा तीन जना कवाड मजदुर घाइते भएका छन्।

महानगर प्रहरी र कवाड संकलकहरूबीच उत्पन्न विवादका कारण स्थिति तनावपूर्ण बनेको थियो। घाइते मजदुरहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

advertisement

कवाड व्यवसायी समाज नेपालले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै महानगरको कार्यशैलीलाई ‘ज्यादति’ को संज्ञा दिएको छ। संगठनले सरकारलाई तत्काल हस्तक्षेप गरी कवाड व्यवसायी तथा मजदुरहरूमाथि भइरहेको दमन रोक्न माग गरेको छ।

“काठमाडौं महानगरपालिकाले २०८१ माघ २७ गते बिहान टेकुस्थित एक कवाड गोदाममा बलपूर्वक डोजर लगाएर संरचना भत्काएको छ। यस क्रममा महानगर प्रहरीले मजदुरहरूलाई कुटपिट तथा दुर्व्यवहार गरेको छ। यसरी प्रहरी परिचालन गरी मजदुरमाथि हिंसा गर्न नहुने हाम्रो स्पष्ट धारणा छ,” कवाड व्यवसायी समाज नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उक्त घटनाले कवाड व्यवसायीहरूबीच असन्तोष बढाएको छ भने मजदुरहरूको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com