काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा नियोजित रूपमा राजनीतिक अस्थिरता फैलाउने प्रयास भइरहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विश्व राजनीतिको प्रभावका कारण नेपाललाई बंगलादेश र श्रीलङ्काको अवस्थासँग तुलना गर्दै अस्थिरता सिर्जना गर्ने धम्कीसमेत आइरहेको खुलासा गरे।

advertisement

उनले देश निर्माणका लागि गाली–गलौजले समाधान ननिकाल्ने उल्लेख गर्दै नागरिकमा आशा जागृत गर्नु अपरिहार्य रहेको बताए। पोखरेलका अनुसार, राष्ट्र निर्माणमा आम नागरिकको सक्रिय सहभागिता आवश्यक छ।

उनले समाजवाद प्राप्त गर्नका लागि बलियो राज्य आवश्यक हुने बताउँदै, व्यक्तिलाई सशक्त बनाएर मात्र समाजवाद सम्भव नहुने धारणा राखे। “राज्यलाई कमजोर पारेर समाजवाद हासिल गर्न सकिँदैन, बलियो राज्य विना समाजवादको परिकल्पना सम्भव छैन,” उनले जोड दिए।

महासचिव पोखरेलले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु आवश्यक रहेको बताउँदै, यसको लागि एकल बहुमत प्राप्त गर्नुपर्ने धारणा राखे। उनले पार्टीलाई सशक्त बनाउन प्रगतिशील शक्तिहरूलाई एमालेसँग जोड्नुपर्ने आवश्यकतामा पनि जोड दिए।

उनले वर्तमान अवस्थामा दुई ठूला पार्टीहरू राजनीतिक स्थिरताका लागि एक ठाउँमा आए पनि दीर्घकालीन रूपमा यस्तो अवस्था नरहने प्रस्ट्याउँदै आउँदो निर्वाचनमा कांग्रेस र एमाले अलग–अलग चुनाव लड्ने स्पष्ट पारे।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com