काठमाडौं – काठमाडौंको दक्षिणकाली नगरपालिका–३, फर्पिङमा आइतबार विद्यालय बस दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका विद्यालय बसका चालक र आठ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको थियो।

advertisement

दुर्घटनापछि सुरक्षाकर्मी, स्थानीयबासी तथा उद्धार टोलीको सहायतामा घाइतेहरूको उद्दार कार्य सम्पन्न गरिएको छ। केही घाइतेलाई उनीहरूका आफन्तले समेत उपचारका लागि अस्पताल लगेको अधिकारीले जानकारी दिए।

दुर्घटनाग्रस्त बस (ना १ क ५६६४) जुनकिरी इङ्लिस स्कुलको रहेको बताइएको छ। विद्यालय छुट्टी भई विद्यार्थीहरू घर फर्किने क्रममा फर्पिङको भन्ज्याङ क्षेत्र नजिकै बस दुर्घटनामा परेको हो। बसमा कक्षा ८ सम्मका विद्यार्थी सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २७ माघ २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com