काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापाले २०८४ सालको आम निर्वाचनअघि चुनावी गठबन्धनको पक्षमा रहने कुनै पनि व्यक्ति पार्टीभित्र टिक्न नसक्ने स्पष्ट सन्देश दिएका छन्।

सुरुदेखि नै गठबन्धनको विपक्षमा दृढ अडान लिँदै आएका थापाले सोमबार चितवनको खैरेनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै यसबारे खुलेर धारणा राखे। उनले भने, “एक समय म एक्लै थिएँ। तर अब २०८४ को चुनावमा नेपाली कांग्रेसका कुनै पनि क्षेत्रबाट अर्काे दलको चुनाव चिह्नमा मत हाल्न उक्साउने कुनै पनि व्यक्ति कांग्रेसमै रहन सक्दैन। जसले यस्तो कदम चाल्छ, ऊ अब कांग्रेसको हिस्सा रहँदैन।”

advertisement

थापाले पार्टीभित्र महाधिवेशनसम्बन्धी संवैधानिक तथा कानुनी प्रावधानहरूबारे पनि स्मरण गराउँदै भने, “संविधान, विधान र कानूनले २०८४ सालपछि महाधिवेशन गर्न नपाइने व्यवस्था गरेको छ। त्यसैले, निर्वाचनअघि नै महाधिवेशन गराउन जरुरी छ, र यसको लागि सबैको सहकार्य आवश्यक छ।”

महाधिवेशन समयमै सम्पन्न गर्नुपर्ने विषयमा आफू मात्र नभई सम्पूर्ण पार्टी नेतृत्व चिन्तित रहेको उल्लेख गर्दै उनले सबै सदस्यहरूलाई सक्रिय सहभागिताको आग्रह गरे। साथै, महाधिवेशन सुनिश्चित गर्न आवश्यक पर्ने सदस्यता नवीकरणको काम आगामी चैत्रभित्र सम्पन्न गर्नुपर्ने सुझाव पनि दिए।

प्रकाशित मिति: २८ माघ २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com