काठमाडौं – कमलपोखरीस्थित सान्दार मःम पसलमा भएको आगलागीमा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा निधन भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, बर्न अस्पताल कीर्तिपुरमा उपचाररत रबिन राईको सोमबार मृत्यु भएको थियो भने भिमबहादुर घलेको आज बिहान निधन भएको हो।
गत बिहीबार बिहान ग्यास लिक भई भएको आगलागीमा ११ जना घाइते भएका थिए, जसमध्ये सातजनाको अवस्था गम्भीर रहेको थियो।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार













प्रतिक्रिया