काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकको भूमिकाप्रति प्रश्न उठाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शिशिर खनालले ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने अनेराश्ववियुका विद्यार्थीलाई अनुसन्धान गर्ने हिम्मत समेत नरहेको बताए।

advertisement

उनले भने, ‘क्याम्पसमा नेविसंघको विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउने, कहिले सत्ता टिकाउने बहानामा अखिल सम्बद्ध विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने, यता अभद्र व्यवहार भनेर आशिका तामाङहरूलाई हतकडी लगाएर १५ दिन डुलाउने ?’

उनले आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने भन्दै प्रश्न गरेका छन्।

प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com