काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेपालमा न्याय पाउनुभन्दा पनि समयमै न्याय पाउन गाह्रो रहेको बताएका छन् ।

मंगलबार ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

advertisement

उनले भने, “नेपालमा न्याय प्राप्त गर्नु मात्र चुनौती होइन, समयमा न्याय पाउनु झन् कठिन छ। स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले न्यायिक समितिमा जनताले भरोसा राखेका छन्। हामीले न्यायिक प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउने प्रयास गरिरहेका छौँ।”

कार्यक्रममा न्यायिक समिति संयोजक तथा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरपालिकाको न्यायिक समितिले हालसम्म ८३ वटा मुद्दामा सुनुवाइ गरी न्याय प्रदान गरिसकेको जानकारी दिइन्।

मेयर साहले स्थानीय तहका न्यायिक समितिहरूले जनताको विश्वास जित्दै गएको उल्लेख गर्दै न्याय निरूपणको प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। साथै, अदालतहरूबाट पनि छिटो र निष्पक्ष न्याय उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com