काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’ का रूपमा औपचारिक रूपमा मनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले राज्य, सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजले प्रत्येक वर्ष फागुन १ लाई राष्ट्रिय दिवसका रूपमा मनाउनु पर्ने सुझाव दिएका छन्।

डा. भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना विचार व्यक्त गर्दै भनेका छन्, “शब्दहरूको अनावश्यक बहसभन्दा माथि उठौं। फागुन १ लाई सबै मिलेर ‘जनक्रान्ति दिवस’ का रूपमा मनाऔं।”

advertisement

उनले नेपालका प्रमुख राजनीतिक तथा सामाजिक आन्दोलनहरू— १९९७ सालको विद्रोह, २००७ सालको क्रान्ति, झापा आन्दोलन, २०४६ सालको जनआन्दोलन, २०५२-६२ सालको सशस्त्र संघर्ष, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतलाई एउटै क्रान्तिको निरन्तरता भन्दै यस दिवसलाई ती सबै संघर्षको सम्मानका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

डा. भट्टराईको यस प्रस्तावले नेपाली राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com