काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी नेतृत्वका स्थानीय तहहरू जनताको मन छुने काम गरिरहेको दाबी गरेका छन्।
गुल्मीस्थित मालिका गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले माओवादीले जितेका १२३ पालिकाहरू समाजवाद उन्मुख कार्यक्रम कार्यान्वयनमा सक्रिय रहेको बताए।
उनले माओवादी नेतृत्वका पालिका प्रमुखहरूलाई विज्ञहरूको सहभागितामा विशेष प्रशिक्षण दिन लागिएको जानकारी दिँदै भने, “निकट भविष्यमै १२३ पालिका प्रमुख, उपप्रमुख तथा पार्टी नेताहरूलाई काठमाडौंमा प्रशिक्षण दिइनेछ। समाजवाद उन्मुख अर्थतन्त्र र क्षेत्रगत विशेषता अनुसार विज्ञ तथा विशेषज्ञहरूबाट तालिम प्रदान गरिनेछ। यसबाट हाम्रो नेतृत्वमा रहेका स्थानीय तहहरूले समृद्धि यात्रा अझ गति लिनेछन्।”
अध्यक्ष दाहालले माओवादी नेतृत्वका पालिकाहरूले विकास र समृद्धिमा उदाहरणीय कार्य गरिरहेको उल्लेख गर्दै जनताको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार












प्रतिक्रिया